पेट्रोलको मूल्य घट्यो
SamacharDesk | २०८१ आषाढ ३, आइतबार

नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी इन्धनको मूल्य समायोजना गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ ।
त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम हुनेछ ।
त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ पर्नेछ ।
Categorized in राष्ट्रिय