इन्धनको मूल्यमा गिरावट
SamacharDesk | २०८१ भाद्र ३१, सोमबार
नेपाल आय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १५९ रुपैयाँ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६।५० रुपैयाँ र डिजेलको मूल्य १४६।५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ ।
Categorized in बिजनेस