इन्धनको मूल्यमा वृद्धि
SamacharDesk | २०८१ बैशाख ४, मंगलबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा वृद्धि गरेको छ ।
हिजो रातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले दिएको मूल्यसूचि अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैया ९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैया ४६ पैसाले बढेर आएको निगमले जनाएको छ ।
यसअघि निगमले गएको चैत १८ गते पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको थियो ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत राखेको छ ।
Categorized in राष्ट्रिय