फिलिपिन्समा ७.१ रेक्टरको शक्तिशाली भुकम्प
SamacharDesk | २०७९ श्रावण ११, बुधबार

फिलिपिन्समा गएको ७ दशमलब १ म्यागेच्युडको शक्तिशाली भुकम्प गएको छ ।
भुकम्प परी अहिलेसम्म ४ जनाएको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।
अधिकारीहरुले भुकम्पपछी सुनामीको चेतावनी दिइएको छ । उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बढी क्षति भने अब्रा प्रान्तमा भएको छ । भुकम्पको गहिराई जमीनभन्दा २५ किलोमिटर तल रहेको फिलिपिन्सको भुकम्प बिज्ञान संस्थाले जनाएको छ ।
भुकम्पका कारण थुप्रै घरहरु भत्किनुका साथै अधिकांश घरहरु चिरा परेका छन् । बिहानको समयमा भुकम्प गएकाले अधिकांश सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।
यसअघि फिलिपिन्समा सन् १९९० मा आएको ७ दशमलव ७ म्याग्नेच्युडको भुकम्पका कारण २ हजार जनाको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय