‘फोनपे गर्ने हो’ अभियानको घोषणा
SamacharDesk | २०८० पौष १३, शुक्रबार

फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणागरेको छ ।
फोनपेसँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपउन प्रोत्साहन गरेको छ ।
फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरुमाझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको छ ।
पौस १३ देखि पौस १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधिभर, पाँचपटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको छ ।
त्यसको साथसाथै, फोनपे क्यूआर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।
यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12 स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।
यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको कम्पनीले जनाएको छ ।
Categorized in बिजनेस