arin enterprises

इजरायल र प्यालेस्टाइनका बन्धकहरु रिहा

SamacharDesk | २०८० मङ्सिर ९, शनिबार

इजरायल तथा हमास दुवै तर्पmबाट बन्धक बनाइएका व्यक्तिहरु रिहा भएका छन् ।

राहत कार्यमा संलग्न संस्था रेडक्रसले दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै २४ बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्याएको जनाएको छ ।

त्यस्तै इजरायली बन्धकहरुलाई रिहा गरेलगतै हमासले वेस्ट बैंकको बेतुनिया चेकपोस्टमा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

रिहाई हुनेमा १० जना थाई नागरिक र एक फिलिपिनो रहेको बीबीसीले जनाएको छ । कतार सम्झौताका सर्तहरू अन्तर्गत, कुल ५० इजरायली बन्धक र १ सय ५० प्यालेस्टाइनी बन्दीहरूलाई चार दिने अस्थायी विरामको अवधिमा रिहा गर्ने भनिएको छ ।

यसअघि हमासले थाइल्याण्डका केही बन्धकहरूलाई रिहा गरेको थियो । टिभी च्यानल १२ का अनुसार सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ ।

हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट पारी सकेको छैन । हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए ।

यता हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेको बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय