पाकिस्तानमा लाहौरबाट कराची उडेको विमान दुर्घटना
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ९, शुक्रबार

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस आज दुर्घटना भएको छ ।
लाहौरबाट उडेको विमान कराची विमानस्थल नजिकै रहेको मोडल कोलोनीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
स्थानीय मिडियाका अनुशार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको र अहिले उद्धारको काम जारी रहेको छ ।
दुर्घटना क्षेत्रको साँघुरो बाटो र मानिसहरुको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।
उक्त विमानबाट यात्रा अवधिभर निरन्तर सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले बताए ।
ल्याण्ड हुनुभन्दा एक मिनेट पहिला मात्रै दुर्घटनामा परेको प्रवक्रा हाफीजको भनाई हो । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताएका छन् ।
कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।
Categorized in अन्तर्राष्ट्रिय