arin enterprises

केरलमा एअर इन्डियाको विमान दुर्घटना

SamacharDesk – बिकाश | २०७७ श्रावण २३, शुक्रबार

एयर इन्डिया एक्सप्रेसको एउटा विमान केरल कोझिकोड एअरपोर्टमा दुर्घटनाग्रस्त भएको छ ।

भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार साँझको ७ः४१ बजे दुर्घटना भएको हो । 

घटनाको समयमा भिजिविलिट कम भएको र भारी वर्षा भइरहेको नागरिक उड्डयन निर्देशनालयले जनाएको छ । 

ल्यान्ड गरेको समयमा विमान रनवेभन्दा अगाडी गएर दुर्घटना भएको र विमान दुइ टुक्रा भएको बताइएको छ ।

दुबईबाट आएको विमानमा चालक दलका ७ सदस्यसहित १९१ जना सवार थिए । यात्रुहरुमा १० जना बालबालिकाहरु पनि थिए ।

उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको बिबिसिले जनाएको छ ।

यसैबीच भारत सरकारका केन्द्रीय गृहमंत्री अमित शाह, केरलका मुख्यमन्त्री पिनरई विजयन, कांग्रेस नेता राहुल गांधीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय