arin enterprises

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइन खेल आज

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १८, शनिबार

दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज सेमिफाइनल खेल शुरु हुँदैछ ।

आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उप विजेता सुदूरपश्चिम आमने सामने हुँदैछन् ।

यस्तै आजै हुने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता प्रदेश एकले समूह ‘ए’ को उप विजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलका विजेताहरुबीच भोलि उपाधीको लागि अन्तिम भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उप–विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

Categorized in स्पाेर्ट्स