arin enterprises

प्रधानमन्त्री दाहाललाई चौथोपटक विश्वासको मत

SamacharDesk | २०८१ जेठ ७, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । सभामुख देवराज घिमिरेका अनुसार विपक्षमा शून्य मत र मत दिन्न भन्नेमा एक मत परेको छ ।

बैठकमा १ सय ५८ जना सांसद उपस्थित थिए । प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो । विपक्षी दलहरुको नाराबाजीकाबीच प्रधानमन्त्रील दाहलले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको हो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज विहान ११ बजेको लागि डाकिएको बैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गर्नुपरेको थियो । तत्पश्चात पनि विपक्षीहरुले वेल घेराउ गरी अवरुद्धकाबीच प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमा मतदान गराएको थियो ।

प्रधानमन्त्रीले वेल घेराउ गरिरहेको कांग्रेस सांसदप्रति आक्रोश व्यक्त गर्दै कांग्रेसले ठूलो गल्ति गरिरहेको बताउनुभयो । कांग्रेसले इतिहासमै दाग लाग्ने काम गरिरहेका आरोप समेत लगाउनुभएको थियो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताउनुभएको छ ।

विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताउनु भयो ।

उहाँले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताउनु भयो ।

उहाँले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गर्नुभयो ।

Categorized in राजनीति