arin enterprises

अहिलेको सरकारले घुस खाँदैन : प्रधानन्त्री

SamacharDesk | २०८१ भाद्र १०, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले अहिलेको सरकारले घुस नखाने प्रतिवद्धता जनाउनु भएको छ । यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता उहाँको भनाइ छ । प्रहरी कर्मचारीलाई सरुवा बढुवाका लागि पैसाका थैली बोकेर नेताहरुका घरघरमा नधाउन समेत उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुन विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिनुभयो ।

सो नवनिर्मित भवन वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा नेपाल खाद्य संस्थानबाट एक अर्ब १० करोड रुपियाँमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो । नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठुलो उपलब्धि मानिएको छ ।

एक अर्ब २६ करोड रुपियाँको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।

Categorized in राष्ट्रिय