arin enterprises

अहिलेसम्म कुनै भ्रष्टाचार गरेको छैन : प्रधानमन्त्री ओली

SamacharDesk | २०८१ श्रावण २६, शनिबार

प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने बताउनुभएको छ ।

लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आपूmले सार्वजनिक सम्पत्ति हिनामिना नगरेको र गर्दा पनि नगर्ने बताउनुभएको छ ।

आफूले देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनैपनि कुरा लिन नचाहेको स्पष्ट पार्नुभयो ।

गरिवी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न कुरा सोच्न पनि नसक्ने बताउनुभयो ।

उहाँले आफूले जनताले गरिवी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढेको तर्क पनि गर्नुभयो ।

Categorized in राजनीति