arin enterprises

मैतीदेवीस्थित प्रहरी बिटमा महानगर प्रहरीको डोजर

SamacharDesk | २०७९ माघ २४, मंगलबार

काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ ।

मंगलवार महानगरप्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो । महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरु सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो ।

सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।

Categorized in राष्ट्रिय