प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ११, आइतबार
महानगरीय प्रहरी वृत्त, हलचोक, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् ।
आफ्नो कन्चटमा आफैंले गोली हानी कार्कीले आत्महत्या गरेका हुन् ।
बिहान अबेरसम्म पनि उनी सुतेको कोठा नखुल्दा शंका लागेपछि ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।
विहान अबेरसम्म नउठेपछि कोठामा हेर्न जाँदा ढोकामा चुकुल लगाइएको थियो ।
धेरैपटक बोलाउँदा पनि जवाफ नआएपछि जबर्जस्ती ढोका फोडी भित्र हेर्दा उनको दाहिने कन्चटमा गोली लागेको अवस्था उनको शव भेट्टिएको हो ।
उनी राती १२ बजेसम्म ड्युटीमा खटिएका थिए ।
पोष्टमार्टमका लागि उनको शवलाई महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा पठाइएको छ ।
प्रहरीका अनुसार यसबारे अनुसन्धान जारी छ ।
हालसम्मको अवस्थालाई हेरे अनुमान गर्दा आत्महत्या नै देखिएको प्रहरीले जनाएको छ ।
ठोस प्रमाणको खोजनीति जारी रहेको प्रहरीको भनाई छ ।
आत्महत्याको समयमा छरछिमेकमा गोलीको आवाज सुनिएको बारेमा पनि खासै खुलासा भएको छैन ।
पछिल्लो पटक कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै काम गर्नुपर्ने प्रहरीको बाध्यताले प्रहरीमा समेत त्रास र मानसिक तनावको वातावरण सृजना भएको छ ।
त्रासका बीच मनोबल उच्च राख्दै काम गर्न शुक्रबार मात्रै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले निर्देशन दिएका थिए ।
Categorized in समाज