नियमित खोप छुटेका बालबालिकालाई आज फेरि खोप दिईंदै
SamacharDesk | २०८० बैशाख ३१, आइतबार

वैशाख १५ गते दिएको नियमित खोपबाट बञ्चित भएका बालबालिकाहरुलाई आज फेरि खोप लगाईंदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पाँच वर्षमुनिका बालबालिकाहरुलाई आज पनि खोप दिन लागेको हो ।
मन्त्रालयले छुटेका बालबालिकालाई खोप लगाउनका बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ । मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिइदैछ ।
रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।
Categorized in राष्ट्रिय