arin enterprises

बालुवाटारमा संवैधानिक परिषदको वैठक शुरु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थिती रहेको छ ।

परिषद सदस्य प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भने उपस्थिती छैन ।

तर सरकारले आजै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ । अध्यादेश अनुसार ३ जना सहमत भएमा निर्णय पनि गर्न सकिने भएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले भने अचानक आएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् ।

Categorized in राजनीति