arin enterprises

सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाई आजबाट

SamacharDesk – बिराज | २०७७ पौष ८, बुधबार

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ ।

मंगलबार साँझसम्ममा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित त्यसविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् ।

तीमध्ये नेकपाका माधवकुमार नेपापल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको पनि एउटा निवेदन रहेको छ ।

१३ मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको बताइएको छ भने बाँकी साधारण प्रकृतिका छन् ।

बाँकीका १२ निवेदनलाई प्रधानन्यायाधीशले संवैधानिक इजलासमा तोक्न पनि सकिने अथवा एकल इजलासमा सुनुवाइ गर्ने न्यायाधीशले संवैधानिक इजलासमा पठाउन आदेश दिन पनि सकिने बताइएको छ ।

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउनसक्ने श्रोतले बताएको छ ।

Categorized in राजनीति