arin enterprises

संसद विघटनको विरोधमा काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

SamacharDesk – बिराज | २०७७ पौष १०, शुक्रबार

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ । प्रधानमन्त्रीले संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने भन्दै जसपा काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न स्थानमा एकैपटक पुत्ला दहन गरेको हो ।

यसै क्रममा काठमाडौंको कालिमाटी चोकमा पहिलो पल्ट पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्दै पुत्ला जलाउन दिइएन । पछि फेरी पुर्वमन्त्री एवम् जसपा केन्द्रीय सदस्य राम इकबाल साहको नेतृत्वमा केन्द्रीय सदस्य सन्तोष सिलवालसहितको समूह कालिमाटी पुगी पुत्ला दहन गरेका थिए ।

त्यस्तै गोकर्णेश्वर नगर समितिको नेतृत्वमा पुर्व भेगमा पनि पुत्ला दहन भएको छ । त्यहाँ पनि शुरुमा जोरपाटी चोकमा दानेन्द्र जोशि सहितको समुहले पुत्ला दहन गर्न खोज्दा राजकुमार कोईराला र मुकेश गोविन्दलाई प्रहरीले नियन्त्रणमा लिएर पुल्ता जलाउन नदिएको हो । उनीहरुलाई केही बेरमा नियन्त्रणमा राखेर पछि छोडिएको थियो ।

पछि फेरी विक्रम पौडेलको नेतृत्वमा गोकर्णेश्वरको नयाँ पाटीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।

त्यसैगरी जसपा काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिको नेतृत्वमा काठमाडौंको लगन चोक, क्षेत्रपाटी चोक र ईन्द्रचोकमा पनि पुत्ला दहन गरिएको छ ।

साथै, समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा काठमाडौंको नयाँ बानेश्वरमा पनि पुत्ला दहन गरिएको छ ।

त्यसैगरी देशभरिका सबै जिल्लाहरु का मुख्य मुख्य शहरहरुमा पुत्ला जलाएको खबर आएको छ ।

जसपाले संसद विघटनको विरोधमा विभिन्न कार्यक्रमहरुको घोषणा गर्दै विरोध प्रदर्शनलाई जारी राखेका छन् । प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम सच्याउँदै संसद पुनस्र्थापना नगरे आन्दोलनलाई थप सशक्त बनाउने जसपाले जनाएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082