arin enterprises

नेपाली काँग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

SamacharDesk – बिकाश | २०७७ पौष ११, शनिबार

अन्ततः नेपाली काँग्रेस प्रधानमन्त्री ओलीको संसद विघटन निर्णयको विरुद्धमा उभिने भएको छ । सत्ता साझेदार हुँदै काँग्रेस सत्तामा जाने हो कि आशंका उब्जिरहेको समयमा नेपाली काँग्रेस विरोधमै उभिने निश्चित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ती जारी गर्दै संसद विघटनको विरोधमा आउँदो पुष १३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ ।

देशको एक सय ६५ वटै निर्वाचन क्षेत्रमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाले प्रेश विज्ञप्तीमार्फत अपील गरेका छन् ।

संसद विघटनकै दिन पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको वैठक बोलाएर वैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरीसकेको देउवाले स्पष्ट गरेका छन् ।

‘जारी केन्द्रीय कार्यसमितिको वैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रीत छ’ विज्ञप्तीमा लेखिएको छ ।

साथै सोही विज्ञप्तीमा संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरित कार्य भएको भन्दै यस विरुद्ध नेपाली काँग्रेस एकमत साथ उभिएको बताएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082