संसद पुनर्स्थापनाको माग गर्दै रत्नपार्कमा सभा गरिने
SamacharDesk – बिराज | २०७७ पौष १२, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले दैनिक रुपमा विरोध प्रदर्शनलाई जारी राखेको छ । यसैक्रममा आज रत्नपार्कबाट वृहत विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ ।
रत्नपार्कमा आयोजना हुने वृहत विरोध सभामा जसपाका शिर्षस्थ नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई बाबुराम भट्टराई, महन्थ ठाकुर, अशाेक राइ लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको जसपा काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले जानकारी दिए ।
आजको विरोध कार्यक्रम अन्तर्गत संसद विघटनको विरोधमा नाराबाजी गर्दै काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्ने कार्यक्रम समेत रहेको जिल्ला अध्यक्ष प्रजापतिले बताएका छन् ।
यसभन्दा अघि हिजो शनिबार जसपाले काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा मसाल जुलुस निकालेको थियो ।
शुरुमा खुसिबुँबाट मसाल जुलुस निकाल्न खोज्दा प्रहरिले घेरा हालेर रोकेको थियो भने पछि ढल्कोबाट जुलुस निकालिएको हो । जुलुस ढल्कोबाट क्षेत्रपाटी हुँदै टेङ्गल, नरदेबी, किलागलबाट भेडासिंह पुगेर सम्पन्न भएको थियो ।
Categorized in राजनीति