बैसाख २३ गते मध्यावधि निर्वाचनका लागि ओलीको प्रस्ताव
SamacharDesk – बिकाश | २०७७ पौष ५, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन र मध्यावधि निर्वाचनको सिफारिस लिएर शीतल निवास पुगेका थिए ।
विहान बसेको मन्त्रीपरिषद् वैठक लगत्तै शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेको बताइएको छ ।
राष्ट्रपति भण्डारीसँग छलफलको क्रममा मध्यावधि निर्वाचनका लागि ओलीले वैशाख २९ गतेको विकल्प पनि दिनुभएको जनाइएको छ ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी भने छ ।
यसअघि प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेका थिए ।
Categorized in राजनीति