संदस विघटनविरुद्धका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासबाट
SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सबै रिटहरुमाथिको सुनुवाई संवैधानिक ईजलासबाट गर्ने आदेश जारी गरेको हो ।
यी सबै रिट निवेदनमाथि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
संसद विघटनविरूद्ध परेको १२ वटा रिटको आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।
Categorized in राजनीति