arin enterprises

बालाजु र खोकनाबासीको आन्दोलनमा नेपाः पार्टीको समर्थन

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

फास्ट ट्र्याक लगायत खोकनामा लागू गर्न लागिएको विभिन्न योजनाहरुको विरोधमा खोकनाबासीले जारी राखेको आन्दोलनमा नेपाः राष्ट्रिय पार्टीले समर्थन जनाएको छ । पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै खोकनाबासीले आफ्नो हक र अधिकारको लागि जारी राखेको आन्दोलनमा आफ्नो पार्टीको पनि समर्थन रहेको जनाएको हो ।

पार्टीका अध्यक्ष विजय प्रकाश सैंजुबाट जारी विज्ञप्तीमा राज्यले गैरन्यायीक ढङ्गले अतिक्रमण गरी खोकनामा फास्ट ट्र्याकको योजना ल्याइ विकासको नाममा विनासलाई प्रश्रय दिएको जनाइएको छ ।

त्यसैगरी बालाजुमा सडक विस्तारको नाममा स्थानीय बासिन्दाको घर भत्काउने कदमलाई पनि नेपाः पार्टीले गैरन्यायीक भनेको छ ।

‘तत्काल बालाजुका स्थानीय स्ववासिलाई अतिक्रमित भूमि फिर्ता गरी घर निर्माण नगरिदिए त्यसको परिणामको जिम्मा सरकारले नै लिनुपर्नेछ’, पार्टीका अध्यक्ष सैंजुको भनाई रहेको छ ।

पार्टीले विज्ञप्तीमार्फत स्थानीय वासिन्दाप्रति भएको अन्यायविरुद्ध नेपाः पार्टीलाई आन्दोलनमा उत्रिन वाध्य नबाउन समेत सरकारलाई खवरदारी गरेको छ ।

Categorized in राजनीति