मृत भनिएकी पुनम पाण्डे जिउँदै
SamacharDesk | २०८० माघ २०, शनिबार

शुक्रबार मृत्यु भयो भनेकि भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको जिउँदै रहेकी छिन् ।
शनिबार इन्स्टाग्राममा भिडियो राख्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन आफ्नो मृत्युको पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् ।
‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा पनि म यसो भन्न सक्दिन । म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ । तपाईंले आफ्नो परीक्षण गर्नु र ज्एख् खोप लिनु पर्छ । हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ’ ।
यस्तै अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी पनि मागेकी छिन् ।
शुक्रबार उनको इन्स्टाग्राम अकाउन्टबाट उनको मृत्युबारे पोस्ट आयो ।
उक्त पोस्टमा पाठेघरको क्यान्सर (सर्भिकल क्यान्सर)का कारण शुक्रबार बिहानै पाण्डेको मृत्यु भएको जानकारी दिइएको थियो ।
त्यो खबर कसले लेखेको भनेर भने खुलाइएको भने थिएन । हेर्दा उनको परिवारकै सदस्यले लेखेझैं सबैलाई लागि रहेको थियो ।
उनकने मृत्युको खबर तुरुन्तै फैलियो । धेरैले समवेदना प्रकट गरे भने कतिपयले पाठेघरको मुखको क्यान्सरबारे सचेतना जगाउने भिडियोहरू पनि बनाउए ।
भारतीय संचारमाध्यमका अनुसार पुनमले भोलि अर्थात आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले फैलेपछि मानिसहरु अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी थिए ।
२०१० देखि मोडलिङमा लागेकी पाण्डे २०१३ मा आएको ‘नशा’ फिल्मबाट बलिउडमा छिरेकी थिइन् । साथै उनले ‘लभ इन पोइजन’, ‘द जर्नी अफ कर्मा’ लगायतका चलचित्रमा उनले अभिनय गरेकी छिन् ।
View this post on Instagram
Categorized in पेजथ्रीView this post on Instagram
