arin enterprises

विश्वकप छनौटमा : पोर्चुगलको जितमा रोनाल्डोको गोल , नेदरल्यान्ड र बेल्जियमको सान्दार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १८, बुधबार

फिफा विश्वकप २०२२ छनौट अन्तर्गत युरोपियन समूहको खेलमामा पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमले जित हात पारेका छन् ।

समूह ‘ए’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोलले हराएको छ ।

लक्जेम्बर्गले खेलको ३० औं मिनेटमा पहिले अग्रता लिए । पोर्चुगलका लागि जोटाले पहिलो हाफको इन्जुरी टाइममा गोल गरी खेल बराबरीमा ल्याए ।

रोनाल्डोले ५० औं मिनेटमा दोस्रो गोल गरेर पोचुगललाई अग्रता दिलाए ।

८० औं मिनेटमा अल्भेसले  गोल गरेपछि खेल ३–१ले पोर्चुगलको पोल्टामा गएको हो । 

यो समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २–१ हराएको छ ।

समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको पनि ७ अंक नै छ ।

यता समूह ‘ई’ को खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको छ ।

बेल्जियमका लागि ह्यान्स वनकेन र लिएंड्रो ट्रोसार्डले दुई दुई गोल गर्दा मिची बटशूयी, जेरेमी डोकू, डेनिस प्रेट, क्रिस्चियन बेन्टेकले एक एक गोल गरे ।

यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

समूह‘ई’ मा बेल्जियमले ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थनको चेक रिपब्लिकको समान खेलमा ६ अंक छ ।

समूह ‘जी’ को खेलमा नेदरल्यान्डले जिब्राल्टरलाई ७–० गोलले पराजित गरेको छ ।

नेदरल्यान्डको जितमा डिपेले दुई गोल  र बर्गुइस, डे जोङ, विज्नाल्डम, मालेन र भान डे वीकले एक–एक गोल गरे ।

यो समूहको अर्को खेलमा  नर्वेले भने मोन्टेनेग्रोलाई १–० गोलले हराएको छ भने टर्कीलाई लाट्भियाले ३–३ गोलको बरारबिमा रोकेको छ ।

समूह‘जी’ मा टर्की ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थनको नेदरल्यान्डको ६ अंक छ । 

 

 

 

 

 

Categorized in स्पाेर्ट्स