arin enterprises

मेक्सिकोमा शक्तिशाली भूकम्प

SamacharDesk – विकाश | २०७७ आषाढ १०, बुधबार

मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसूस भएको छ ।

ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसूस भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रले मेक्सिकोको प्रशान्त महासागरको तटीय राज्य ओक्साका केन्द्रविन्दु भई ७.५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ओक्साका राज्य मेक्सिकोको राजधानी मेक्सिको सिटिबाट झन्डै ५ सय किलोमिटर टाढा रहेको छ । 

भूकम्पले राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका थिए । भूकम्पको झट्का पछि मान्छेहरूसडकमा निस्किएका थिए ।

हालसम्म भूकम्पबाट कुनै पनि किसिमको क्षतिको विवरण आएको छैन ।

सन् २०१७ मा पनि मेक्सिकोमा दुई पल्ट भूकम्प गएको थियो । 

२०१७ को सेप्टम्बर मा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी एक सय ५० जनाले ज्यान गुमाएका थिए । 

सेप्टेम्बर २० मा दोश्रो पटक गएको ७.१ म्याग्निच्युडको भूकम्पमा ५ सय बढीको ज्यान गएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय