arin enterprises

नेबिकोका निर्देशक प्रभानन्दको गीत सार्वजनिक

SamacharDesk – बिराज | २०७८ बैशाख ५, आइतबार

नेबिको नाम नेपालीमात्र होइन, देशबाहिर पनि चर्चित भइसकेको छ । नेपाल विस्कुट कन्फेक्सनरीबाट उत्पादित बिस्कुटहरु नखाने नेपाली त को नै होला र ।

यहि नेबिकोसँग जोडिएको एउटा नाम हो, प्रभानन्द वैद्य । नेविकोमा पर्दा पछाडी रहने नेबिकोका डाइरेक्टर प्रभानन्द फरक पहिचान लिएर अगाडी आएका छन् । उनले गाउनुभएको गीत ‘किन आज....’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले गीतको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै कलाकार पन्तले कलाकारको निरन्तरताले कलाकारिता क्षेत्रलाई अगाडी बढाउनेमा जोड दिनुभयो । पन्तले भिडियोमा अभिनय गर्ने नव कलाकारहरुलाई निरन्तर अघि बढ्न शुभकामना दिनुभयो ।

म्यूजिक भिडियोमा ग्रिस वैद्य र रेजिसा डंगोलले अभिनय गरेका छन् ।

कार्यक्रममा सार्वजनिक गरिएको गीतका रचनाकार साथै संगीतकार महेश राज थापा र म्यूजिक भिडियोका निर्देशक रवि सायमिले गीतको सम्वन्धमा आ–आफ्नो अनुभव सुनाउनुभयो ।

गीत हाइटेक इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Categorized in पेजथ्री