प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासका मत लिने
SamacharDesk | २०८१ आषाढ २२, शुक्रबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको छ ।
एमाले तथा कांग्रेसले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने निचोडमा पुगपछि आगामी २८ गते विश्वासको मत लिन लागेको हो ।
प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल ९एमाले०ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।
गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।
Categorized in राजनीति