arin enterprises

एमाले जस्तै भए माओवादीको औचित्य नहुने प्रचण्डको भनाई

SamacharDesk – बिराज | २०७८ भाद्र २३, बुधबार

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमालेले डलर भित्य्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको दावी गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गर्नुभयो ।

‘एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य रहँदैन’, अध्यक्ष प्रचण्डको भनाई थियो, ‘क्रान्ति गर्छौं भन्दै प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ ।’

सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पका साथ अघि बढेको दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले तल्लो स्तरसम्म योजनावद्ध ढंगले पार्टीलाई पूनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको बताउनुभएको छ ।

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताउनुभयो ।

उहाँले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले आफुहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताउनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082