स्वास्थ्य विमाको सुविधा अब निजी अस्पतालबाट पनि
SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार

स्वास्थ्य विमाको सुविधा निजी अस्पतालहरुबाट पनि उपलब्ध गराउन तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले बताएको छ ।
शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसमा गरिएको कार्यक्रममा मन्त्री पौडेलले निजी अस्पतालहरुलाई पनि पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
एउटै रकमको विमा रकम भएपछि निजी अस्पतालहरुबाट पन सेवाग्राहीले स्वास्थ्य सुविधा पाउनुपर्ने बताउनुभयो । उहाँले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधाका लागि पहल भइरहेको दाबी गर्नुभयो ।
यसकालागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उहाँको भनाइ छ । नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने मन्त्री पौडेलको निष्कर्ष छ ।
उहाँले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचारलाई पारदर्शी रुपमा कार्यान्वयन गर्न निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो ।
उहाँले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
उहाँले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताउनु भयो ।
Categorized in राष्ट्रिय