arin enterprises

जलवायु न्यूनिकरणका लागि विश्वले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

SamacharDesk | २०८१ कार्तिक २४, शनिबार

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिनुभएको छ ।

इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बतउनु भयो ।

गत आईतवार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

उहाँले सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाइएको जानकारी गराउनुभयो ।

Categorized in राष्ट्रिय