arin enterprises

चालू संसद अधिवेशन आज रातिबाट अन्त्य हुने

SamacharDesk | २०८० कार्तिक १६, बिहिबार

सरकारले (आज) बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

उहाँका अनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।

त्यस्त मन्त्री ज्वालाले बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, ‘कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ ।

सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।

Categorized in राष्ट्रिय