प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’ को उपाधी
SamacharDesk – बिजयरत्न | २०८१ फाल्गुण ५, सोमबार

‘मिस नेवाः नेपाः ११४५’ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् ।
नेप्लीज फेसन होमको आयोजनामा कमलादीस्थित प्रभा भवनमासम्पन्न भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर महानगरपालिका १६ की प्रलिशाले उपाधि जितेकी हुन् ।
‘मिस नेवाः नेपाः ११४५’ को उपाधिसँगै प्रलिशाले नगद एक लाख रुपैयाँ र अन्य विभिन्न उपहारहरु पनि प्राप्त गरिन् । प्रतियोगितामा प्रलिशा बेस्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जित्न सफल भएकी छिन् ।
काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिहरुबीचको यो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, नैकापकी लूनिभा मानन्धर फस्ट रनर्सअप भए भने चःमति, काठमाडौंकी लुमना महर्जन सेकेन्ड रनर अप भइन् ।
मानन्धर र महर्जनले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरे ।
प्रतियोगितामा सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहेकी थिइन् ।
त्यस्तै अधिवक्ता साथै माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२४ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणि श्री बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी पनि निर्णाायक मण्डलमा थिए ।
त्यस्तै निर्णाायक मण्डलमा नमूना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपि गुथिका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ र मिस नेवाः नेपा ११३४ की विजेता एलिशा बज्राचार्य पनि थिए ।
सोही कार्यक्रममा उप्रेती समाज सेवा समितिका अध्यक्ष सोबित उप्रेती र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री पशुपति शमसेर जबरा, नमूना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर/प्रिन्सिफल ज्ञानी शोभा तुलाधर, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मल रत्न शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालको पनि उपस्थिती रहेको थियो ।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, डिस्ट्रिक्ट गभर्नर ३२५के निरा बज्राचार्यको पनि उपस्थिती रहेको थियो ।
को हुन् मिस नेवाः नेपाः ११४५ प्रलिशाः
नाथम कलेजबाट पर्यटन विषयमा स्नातक गरेकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छिन् ।
सन्चारकर्मि मञ्जु बज्राचार्य तथा हस्तकला उद्यमी प्रदिप शाक्यकी सुपुत्री प्रलिशा पाँच फिट तीन ईन्च अग्ली छिन् ।
स्मरणीय छ, नेप्लीज फेसन होमले नै सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशाले नै उपाधि जितेकी थिइन् ।
प्रलिशा पछिल्लो एक दशकदेखि सञ्चार माध्यममा पनि आवद्ध छिन् ।
प्रतियोगिताका अन्य टाइटल विजेताहरुः
श्रद्धा महर्जन – मिस ट्यालेन्ट, सोसल वेलफेयर सेकेण्ड रनर्सअप,
अनुश्री शाक्य– मिस ट्यालेन्ट फस्ट रनर्सअप
श्रीया मानन्धर– मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप
रोनिशा महर्जन– सोसल वेलफेयर एम्बासडर चिफ
डिबिना डंगोल– सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअप
प्रसिद्धि शाक्य– मिस डिसिप्लिन
अल्पा महर्जन– मिस पब्लिक च्वाइस
प्राश्ना श्रेष्ठ– बेस्ट ड्रेस,
रितिशा बज्राचार्य– मिस कल्चर,
संस्कृति श्रेष्ठ– मिस कन्फिडेन्ट,
शुभेच्छा श्रेष्ठ– मिस पर्सनालिटी,
रिम्षा श्रेष्ठ– बेस्ट हेयर,
रमुना बज्राचार्य– बेस्ट स्किन,
कुन्ता श्रेष्ठ– मिस फोटोजेनिक,
अनुषा बज्राचार्य– बेस्ट स्माइल,
शुवास्ना श्रेष्ठ– मिस चार्मिङ
रुजी शाक्य– मिस फ्रेण्डशीप
Categorized in पेजथ्री