arin enterprises

गायिका प्रतिमा बज्राचार्यको ‘दः यःम्ह’ म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित

SamacharDesk – बिराज | २०८१ बैशाख १५, शनिबार

गायिक प्रतिमा बज्राचार्यको नेपालभाषाको गीत ‘दः यःम्ह व गन दइ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आज काठमाडौंमा म्यूजिक भिडियाका कलाकार, प्राविधिकसँगै नेपालभाषा कला क्षेत्रका चर्चित कलाकार, पत्रकारहरुको बीच आयोजित कार्यक्रममा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मन्तव्यको क्रममा वरिष्ठ निर्देशकद्वय रामकृष्ण खड्गी, सुरेन्द्र तुलाधरले नेवाः चलचित्र र म्यूजिक भिडियो क्षेत्र संख्यात्मक रुपमा सम्पन्न हुँदै गएको र नेवाः समाजले यस क्षेत्रलाई टेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

पत्रकारहरु दर्शनबीर शाक्य, बिराजकाजी राजोपाध्याय, सुरजबीर बज्राचार्य लगायतले नेवाः म्यूजिक भिडियो क्षेत्रमा एउटा राम्रो म्यूजिक भिडियो आएको भन्दै गीत र म्यूजिक भिडियो टिमलाई बधाई दिए ।

गायकद्वय भीम तुलाधर, संजीप प्रधानले पनि शुभकामना दिँदै टीमलाई आफ्नो कला यात्रालाई निरन्तर अगाडी बढाइरहन सुझाव दिए ।

सार्वजनिक गरिएको गीतलाई बिकास रत्न कंसाकारले रचना र संगीतबद्ध गरेका छन् ।

लुःजः सिंहले छायाङ्कन गरेको म्यूजिक भिडियोको दृश्य सम्पादन लुःजः इन्टरटेनमेन्टबाट गरिएको छ भने निर्देशन राजन शाहीले गरेका छन् ।

भिडियोमा प्रविधि कमल कंसाकार, प्रतिज्ञा बज्राचार्य, संजय मालीसँगै सरस्वती मानन्धर र चर्चित हास्य कलाकार नरेन्द्र कंसाकारले अभिनय गरेका छन् ।

भिडियोमा परम्परागत नेवाः बस्ती र रहनसहन देखाउन खोजिएको छ ।

लुःजः इन्टरटेनमेन्ट युट्यूब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

Categorized in पेजथ्री