arin enterprises

बिते कांग्रेस नेता प्रदीप गिरी

SamacharDesk | २०७९ भाद्र ५, आइतबार

प्रखर वक्ता तथा समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेसम्म राखेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि नेपाली कांग्रेसले जनाएको छ ।

श्रद्धान्जली कार्यक्रमपछि शवयात्रासहित आर्यघाटमा अन्त्यष्टि गरिने छ । उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराई नेपाल फर्किनु भएको थियो ।

गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थिए ।

Categorized in राष्ट्रिय