arin enterprises

विश्व नेवाः दिवस मनाउन तयारी समिति गठन

SamacharDesk – बिराज | २०७७ फाल्गुण ११, मंगलबार

आउँदा मार्च २७ (चैत्र १४ गते) का दिनमा विश्व नेवाः दिवस नेपालमा पनि धुमधामका साथ मनाइने भएको छ । हरेक वर्ष मार्चको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएकोमा यस वर्ष आउँदो मार्च २७ का दिन चौथो विश्व नेवाः दिवस मनाउन लागिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि चौथो विश्व नेवाः दिवस मनाउनका लागि तयारी थालिएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल कन्ट्रि च्याप्टरका सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा चौथो विश्व नेवाः दिवस ११४१ तयारी समिति गठन गरिएको छ ।

सल्लाहकारद्वय सुमित्रा मानन्धर र नरेश ताम्रकार समेतको उपस्थितीमा बसेको अर्गनाइजेसन नेपाल च्याप्टरको सचिवालय वैठकले श्रेष्ठको संयोजकत्वमा गठन गरेको तयारी समितिमा सुदय शिलाकार व रमेशमान मुनिकार सह संयोजक रहेका छन् ।

त्यस्तै, विभिन्न उपसमितिमध्ये संचार उपसमितिमा रत्नकाजी महर्जन, प्रचार प्रसारमा नवीन जोशी, आर्थिक उपसमितिमा उर्मिला डंगोल, साँस्कृतिक उप समितिमा सविता महर्जन, मंच व्यवस्थापनमा मंगल ताम्राकार, अतिथि सत्कारमा कस्तुरी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी विभिन्न विषयमा गरिने प्यानल डिस्कसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको जिम्मेवारीमा परेको छ ।

विश्वभरि विभिन्न देशहरुमा वसोवास गर्दै आएका नेवार समुदायले मनाउँदै आएको दिवस नेवार समुदायको आदिभुमि नेपालमा अझ विशेष हुनुपर्ने परिकल्पनासहित योजनामा जुटेको तयारी समितिका संयोजक सुरेन्द्र भक्त श्रेष्ठले बताउनुभयो ।

Categorized in समाज