arin enterprises

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वाेच्चमा रिट

SamacharDesk | २०७९ आश्विन ६, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधयेक प्रमाणिकरण नगरेपछि सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा आज रिट परेको हो ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय