arin enterprises

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

SamacharDesk | २०७८ चैत्र २२, मंगलबार

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

यस्तै, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८ पनि राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Categorized in राष्ट्रिय