राष्ट्रपति भण्डारीले लिए कोरोनाविरुद्धको खोप
SamacharDesk – बिकाश | २०७७ चैत्र २, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो ।
खोप लगाइसकेपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै ज्येष्ठ नागरिकले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । कोरोनाविरुद्धको खोप अभियानको दोश्रो चरण अन्तर्गत अहिले नेपाल सरकारले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप वितरण गरिरहेको छ ।
राष्ट्रपति भण्डारीले कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा रहेर काम गर्ने र जोखिममा रहेको समूहलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो ।
साथै छोटो समयमै कोरोनाविरुद्धको खोप ल्याउन सफल भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य निकायलाई समेत धन्यवाद दिनुभयो ।
Categorized in राष्ट्रिय