arin enterprises

राष्ट्रपति पौडेलद्वारा महासचिव गुटरेसलाई ध्यानाकर्षण

SamacharDesk | २०८१ कार्तिक २९, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरिया गुटरेससँग भेटघाट गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि २९औँ सम्मेलन (कोप–२९) अरजरबैजानको बाकुमा  भइरहेको छ ।

सोही अवसरमा नेपालको प्रतिनिधित्व गर्नुभएका राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले पारेका असरबारे विकसित देशलाई ध्यानाकर्षण गराउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ ।

सम्मेलनको साइडलाइन मिटिङका दौरान उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्युनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

सोमवारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र, सरकार प्रमुखहरूसँग गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई परेको रविकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्ने बताउनुभयो ।

उहाँले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले प्रयास गनुपर्नेमा जोड दिनुभयो ।

Categorized in राष्ट्रिय