arin enterprises

राष्ट्रपति पौडेलबाट सार्वजनिक स्थलको भ्रमण

SamacharDesk | २०८१ भाद्र १४, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

“सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेल पुग्नुभएको छ ।

सो कार्यक्रम अन्तर्गत हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्नु हुनेछ । भ्रमणका क्रममा भक्तपुर पुग्नु भएका राष्ट्रपति पौडेलले आम नागरिकसँग संवाद गरी स्थानीयको गुनासो पनि सुन्नु भएको थियो ।

सो क्रममा सर्वसाधारणले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्नुहुँदा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गर्नुभएको थियो ।

सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षण गर्नुभयो ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082