arin enterprises

पत्रकारलाई अनुदान दिँदै प्रेस काउन्सिल नेपाल

SamacharDesk | २०८० माघ ७, आइतबार

प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ ।

काउन्सिलले आइतबार एक सूचना प्रकाशित गर्दै मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।

सुचना अनुसार ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म काउन्सिलले अनुदान दिने जनाएको छ ।

यस कार्यक्रममा दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने काउन्सिलले जनाएको छ ।

सुविधा लिन इच्छुकहरुले भने प्रेस काउन्सिल नेपालका, मिडिया विकास कोषको सचिवालयमा वा इमेल आइडी mdf@presscouncilnepal.gov.np मा ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।

निवेदनमा संलग्न गर्नुपर्ने कागजात भने www.presscouncil.gov.np मा हेनसक्ने काउनिसलको जनाएको छ ।

एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाका लागि आवेदन दिन सकिने सुचनामा उल्लेख गरेको छ ।

साथै काउन्सिलले १० जनालाई लेखनवृत्ति, सात जनालाई शोधपत्र लेखन तथा एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने भएको छ ।

Categorized in राष्ट्रिय