arin enterprises

बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २८, शनिबार

बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन भएको छ ।

बेलायति महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो ।

शुक्रवार दिउँसो बकिंघम राजदरबारमा महारानी एलिजाबेथले विज्ञप्ति जारी गर्दै गहिरो दुखका साथ आफ्नो श्रीमान् ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् ।

उनको शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक निधन भएको कुरा बीबीसीले जनाएको छ ।

गत महिना मात्र उनी एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

प्रिन्स फिलिपको जन्म सन् १९२१ को जुन १० को दिन ग्रीसको कोर्फु द्वीपमा भएको थियो । उनको आमा राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन् ।

प्रिन्स फिलिपले महारानी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरे । बिहेको ५ बर्ष पछि एलिजाबेथले राजगद्दी सम्हालेको थियो ।

उनका ४ छोराछारी, ८ नातिनातिनी र १० जना पनातिपनातिनी छन् ।

 

 

 

Categorized in अन्तर्राष्ट्रिय