arin enterprises

आर्थिक संकट कम हुँदै गएको प्रधानमन्त्रीको दावी

SamacharDesk – बिराज | २०८० बैशाख १, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको संकट र चुनौती क्रमशः कम हुँदै गएको दावी गरेका छन् ।

नयाँ वर्ष विक्रम सम्वत २०८० को अवसरमा सम्पूर्ण नेपालीको नाममा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीसमेत व्यवस्थित हुँदै गएको दावी पनि दाहालले गरेका छन् ।

‘बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्वन्धि चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा बृद्धि हुँदै भइरहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

नागरिकले प्राप्त गर्ने सेवाहरु झन्झटमुक्त बनाउने अभियान सुरु भएको पनि दाहालले भनेका छन् ।

एउटा सकारात्मक वातावरण बनिरहेको दावीसहित प्रधानमन्त्री दाहालले परम्परागत प्रकृतिको विकासको मोडल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको बताएका छन् ।

राष्ट्रनिर्माणको साझा संकल्पका लागि नयाँ वर्ष नै उपयुक्त समय भएको बताउँदै दाहालले आफु हरेक दिन, हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढिकरण, स्थिरता र समृद्धिका लािग समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

Categorized in राष्ट्रिय