arin enterprises

आइसोलेन निर्माण तयारीबारे मुख्यमन्त्रीबाट प्रधानमन्त्रीलाई जानकारी

SamacharDesk – बिकाश | २०७७ भाद्र १३, शनिबार

बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ ।

काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केहि प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागी गरेको तयारीका वारेमा जानकारी लिए पश्चात प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफु सकारात्मक रहेको बताएको प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन् ।

छलफलमा बागमती प्रदेशका मुख्यमन्त्रि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेस सभा सदस्य दिपक निरौला सहभागी रहेका थिए।

बागमती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो ।

मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौंमा भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो ।

Categorized in राष्ट्रिय