arin enterprises

निर्वाचन कार्य तालिका सार्वजनिक

SamacharDesk – बिराज | २०८२ मङ्सिर १, सोमबार

निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्ती अनुसार आउँदो माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । सोहि दिन साँझ ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

त्यस्तै माघ ७ बजे बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरीको लागि समय तोकिएको छ भने सोहि दिन दिउँसो ३ बजेदेखि माघ ८ बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजरी उपर जाँचबुझ गरिनेछ ।

जाँचबुझ पश्चात माघ ८ गते नै बेलुकी ५ बजेदेखि साँझ ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनका लागि समय तोकिएको छ । सोहि दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

समानुपातिकतर्फको निर्वाचन प्रणाली मंसीर २० गतेबाट संचालन हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचनतर्फ मंसीर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले निवेदन पेश गर्नुपर्नेछ ।

२४ गते बिहान १० बजेदेखि ४ बजेसम्म निवेदन पेश गरेका राजनीतिक दहहरुको नामावली प्रकाशित गरिनेछ ।

पौष १३ र १४ गते बिहान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची पेश गर्ने, माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको बन्द सूचीको अन्तिम रुपमा प्रकाशन गरिनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रले मतदाताहरुले मतदान गर्न सक्नेछन् ।

Categorized in राष्ट्रिय