arin enterprises

संस्कृति संरक्षणमा युवाहरुको प्रयासले बढायो आशा

SamacharDesk – श्रोत – सुरजबीर बज्राचार्य | २०७७ जेठ ९, शुक्रबार

सांस्कृतिक पहिचान लोप हुँदैछ, हिजोको गौरव मेटिँदै गएको आजको एउटा चिन्ता हो योे । चिन्ता ब्यक्त गर्ने लाखौंका बीच संरक्षण गर्न अग्रसर हुनेहरु कति छन् त ?

प्रायः अनुत्तरित रहने यस्ता प्रश्नको जवाफ हो ‘प्रोजेक्ट बाजा नेपाल’ । 

यसै संस्थाले ऐतिहासिक तथा सांस्कृतिक नगरी लुभुको महालक्ष्मी देवीको नाममा रचित दाफा भजन ग्वाराको सृजना गरेको छ । 

महालक्ष्मी देवीका साथै लुभुका विभिन्न देवदेवीहरुको उल्लेख रहेको दाफा भजन लेखिएको शब्द भेटिएको हो । मात्र शब्द भेटिएको यस गीतको लय लोप भइसकेको थियो । 

संगीतकार बिपु श्रेष्ठले यस दाफा भजन परम्परागत नियम र शैलीमै नयाँ लय सृजना गरेका हुन् । राग आशावरीमा आधारित यस भजन तिमा ताल (जति ७/८, प्र ताल ७/८, चो ताल ४/४) मा सृजना गरिएको छ । 

सार्वजनिक भएको गीतको गायनमा वासुदेव श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, दिपेन श्रेष्ठ, प्रणेश श्रेष्ठ, रञ्जन श्रेष्ठ, सुनील श्रेष्ठ, उजेश श्रेष्ठ, मनिष श्रेष्ठ, प्रशन्न श्रेष्ठ, खिं वादनमा सनिश श्रेष्ठ, रोजेश श्रेष्ठ, ख्वालमलि वादनमा निरञ्जन श्रेष्ठ, अनिष श्रेष्ठ, तेजेश्वर श्रेष्ठ तथा ताः वादन गर्दै गायनमा साथ दिने संगीतकार श्रेष्ठ रहेका छन् ।  

फिरोज बज्राचार्यले अडियो रेकर्डिङ गरेको यस दाफा भजनको भिडियो छायाँकन आर्यादेव बज्राचार्य, अनुप पौडेल, राजिप बज्राचार्यले गरेका हुन् भने सम्पादन अनुप पौडेलले गरेका हुन् ।

नेवाः सांगीतिक परम्परा दाफा १५ सय बर्ष भन्दा पुरानो मानिएको छ । 

थरी थरीका राग, सुर र तालमा आधारित यो संगीत विधा खिं, बबुचा (झ्याली), ताः पोंगा, डमरु, बाँसुरी जस्ता वाद्यवादन गरी गाउने चलन रहेको मौलिक शास्त्रीय संगीत हो ।

 

Categorized in पेजथ्री
SKIP THIS tihar2082