arin enterprises

देशभर पृथ्वी जयन्ती मनाइयो, कीर्तिपुरवासीहरु कालो दिनको रुपमा सम्झंदै

SamacharDesk | २०७९ पौष २७, बुधबार

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती काठमाडौंमासहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी मनाइएको हो ।

विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । 

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल हुनुभएको हो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दुरदृष्टियुक्त पाइन्छ ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका अन्य नेताहरुले सिंहदरबारको मुलद्वारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

कीर्तिपुरमा भने आज कालो दिनको रुपमा लिने गरिन्छ । कीर्तिपुरवासीहरुको अनुसार पृथ्वीनारायण शाहले युद्ध गरेर होइन छलबाट कीर्तिपुर जितेको कथन छ ।

इतिहास शिरोमणि बाबूराम आचार्यको लेख अनुसार कीर्तिपूर वासीले दिएको ज्यान बक्स पश्चात पनि पृथ्वी नारायण शाहले युद्दले नभई छलबाट जित्ने सोचले राती कीर्तिपूरको देवढोका पुतवारलाई खोल्न लगाई चारै तीर आगलागी र आक्रमण गरि छलको जीत हासिल आख़िर कीर्तिपूरेको रक्तपात सहित गरे ।

त्यतिले मात्र नपुगी कीर्तिपूरका हरेक घरबाट कोट प्रांगण हालको उमामहेश्वर लगी बालबच्चा, महिला, बयोबृद्ध सबको नाक र ओठ काट्न लगाएका थिए ९हाल पनि किपु बाहिरका नेवास्हरुले न्हाय् मरु पिं भन्ने गरेको छ ।

यहाँका प्रधान सबको हत्या गरिएको थियो भने यहाँको राजभवन (लायकु) जलाई दिएका थिए । सो पश्चात शाहवंशका कोही पनि ११ राजा यस नगरमा प्रवेस नै गरेनन् ।

यो कालो इतिहासलाई लिएर आज सम्म पनि कीर्तिपूरवासी पृथ्वी नारायण शाह र शाह राजालाई घृणाको दृष्टिले हेर्ने गरेका छन ।

पृथ्वी नारायण शाह लडेको सो ढुङ्गालाई थुकेर हिड्ने चलन यथ्यपी रहेको छ भने युद्दमा कीर्तिपूरमा नरसंहार हुन दिने सो ग़द्दार परिवारलाई हरेक वर्ष सापारुरगाईजात्राको दिन धे धे पापा नाचमा ग़द्दारको मुख नबिर्सन देखाऊने चलन रहेकै छ ।

Categorized in राष्ट्रिय