पिएसजी र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १, बुधबार

फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको दोस्रो लेगमा पिएसजी र चेल्सी पराजित भएका थिए । तर दुवै टिमले पहिलो लेगमा हात पारेको सफलताका कारण अन्तिम चारमा पुगेका हुन् ।
पिएसजीले पहिलो लेगमा ३–२ ले जित हात पाको थियो ।
मंगलबार राति भएको दोस्रो लेगमा पिएसजीलाई बार्यन म्युनिखले १–० गोलले हरायो ।बार्यनका लागि मोटिङले ४० मिनेटमा गोल गरेका थिए ।
समग्रमा ३–३ को बराबरी भए हुँदा पिएसजी घरेलु मैदानमा हारे पनि अवे गोलको आधारमा अन्तिम चारमा पुग्न सफल भयो ।
योसँगै साविक विजेता बार्यन भने अन्तिम आठबाटै बाहिरिन बाध्य भयो ।
गएराति भएको अर्को खेलमा चेल्सी पनि पराजित भयो । घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई पोर्चुगिज क्लब पोर्टोले १–० गोलले पराजित गर्यो ।
उसका लागि तारेमीले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए ।
पहिलो लेगमा २–० को जित हात पारेको चेल्सी समग्रमा २–१ ले अग्रता लिन्दै अन्तिम चारमा पुग्न सफल भयो ।
लिगअन्तर्गत आज राति लिभरपुल र रियल म्याड्रिड तथा बोरुसिया डर्टमुन्ड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ।
Categorized in स्पाेर्ट्स
