पीएसजी नकआउट चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २८, बिहिबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरीमा खेल्दै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।
डर्टमण्डको घरेलु मैदान सिग्नल इडूना पार्कमा भएको खेलमा सुरुवाती अग्रता डर्टमण्डले ५१ औं मिनेटमा करिम अदयेमीको गोलमा लिएको थियो ।
वारेन जैरे एमरिजले यसअघिनै ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
डर्टमण्ड ११ अंक सहित समूहको शीर्ष स्थानमा रह्यो । पीएसजी र एसी मिलानको समान ८ अंक रह्यो । गोल अन्तरका आधारमा पीएसजीले अन्तिम १६ मा स्थान बनायो ।
न्युक्यासल ५ अंक सहित तालिकाको पुछारमा रह्यो । समूहको अर्को खेलमा एसी मिलानले न्युक्यासललाई हराएसँगै पीएसजीको नकआउट चरण पक्का भएको हो ।
डर्टमण्ड ११ अंक सहित समूहको शीर्ष स्थानमा छ ।
पीएसजी र एसी मिलानको समान ८ अंक रह्यो । तर गोल अन्तरका आधारमा पीएसजीले अन्तिम १६ मा स्थान बनायो ।
न्युक्यासल ५ अंक सहित तालिकाको पुछारमा रह्यो ।
Categorized in स्पाेर्ट्स